ट्रम्प भन्छन्- चुनावमा धाँधली भयो, सर्वोच्च अदालत जान्छौँ

काठमाण्डौ, १९ कात्तिक । डोनाल्ड ट्रम्पले असमर्थित जितको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतीय चुनाव २०२० मा अझै करोडौँ सङ्ख्यामा मत गन्न बाँकी रहँदा उनले यस्तो घोषण गर्दै चुनावमा धाँधली भएको बताएका छन् ।

यो चुनाव हामीले जितेका छौँ’, उनले भने, । विना कुनै प्रमाण चुनावमा धाँधली भयो । अमेरिकी राष्ट्रपति चुनावको परिणाम आउँदै गर्दा ट्रम्पले ह्वाइट हाउसमा सम्बोधन गर्दै निकै ठूलो धोका भएको बताए । ‘यो हाम्रो देशको लागि लाजमर्दो कुरा हो’, ट्रम्पले भने, ‘चुनाव परिणामसँग लड्नको लागि सर्वोच्च अदालत जाने तयारीमा छौँ ।’

ट्रम्पले अघि थपे, ‘हामी एक ठूलो जितको तयारी गरिरहेका थियौँ र अचानक यस्तो खबर सुन्न पुग्यौँ, केही निकै दुखी व्यक्तिहरुको एक समूह छ, जो मानिसहरुको मताधिकारसँग खेलवाड गरिरहेका छन् ।’ हामल मतगणना भइरहँदा डोनाल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ । हालसम्मको नतिजा अनुसार जो बाईडनको अग्रता छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति