पूर्वसभामुख महराकी पत्नीको निधनमा प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको जीवन सङ्गिनी सीता महराको निधनको खबर आफूलाई दुःख लागेको बताएका छन् ।

अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोककूल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् । महरा लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिईन् । उनको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति