धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १९ कात्तिक । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचाररत दुई जना संक्रमित इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिका र धरान–१ सुनसरीकी ६१ वर्षीया महिला हुन् ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनीहरुको आज बिहान मृत्यु भएको हो । ६५ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उनी कात्तिक ५ गते भर्ना भएकी थिइन् । श्वास प्रश्वास र उच्च रक्तचापबाटसमेत पीडित उनको आज बिहान सवा ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी प्रतिष्ठानका सहप्रवक्ता श्रेष्ठका अनुसार इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिकाको आजै बिहान ३ः२५ बजे मृत्यु भएको हो । ती बालिकामा यही कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति