भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघ्यो

काठमाडौं, १९ कात्तिक । भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ३३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८३ लाख १२ हजार ९४७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७६ लाख ५४ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार ६५० पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति