काठमाडौं, १८ कात्तिक । नेपालमा बितेको २४ घण्टामा ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा ११ हजार १६६ जनामा गरिएको परीक्षणमा १८६७ पुरुष र १२४७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ। हालसम्म १४ लाख ८० हजारको पिसिआर परीक्षण भएको छ।
मृत्यु हुनेको संख्या १ हजार नाघ्यो
कोरोना भाईरस कोभिड १९ संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या १ हजार नाघेको सरकारी तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २० जनाले ज्यान गुमाएका छन् । योसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया