भियनामा आतङ्कवादी आक्रमण हुँदा पाँचको मृत्यु, १५ गम्भीर घाइते

भियना, अष्ट्रिया, १८ कात्तिक । अष्ट्रियाको राजधानी भियनामा स्थानीय समय अनुसार सोमबार भएका विभिन्न आतङ्कवादी आक्रमणमा पाँचको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । उक्त घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएको बताइएको छ ।

विभिन्न स्थानमा भएका आतङ्ककारी हमलामा ईस्लामिक समूहले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानपछि भियनाको प्रहरीले ट्वीटरमार्फत् उल्लेख गरेको छ । आतङ्ककारी आक्रमणपछि प्रहरीले गरेको प्रतिरोधका क्रममा कम्तीमा एक आक्रमणकारीको मृत्यु भएको छ । आक्रमणकारीले शरीरमा राखेको भनिएको ‘आत्मघाती विष्फोटक पदार्थ’ नक्कली भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले आक्रमणकारीको घरसहित अन्य सम्लग्न मतियारहरूको आक्रमणका समय खिचिएको भिडियोका आधारमा खोजी गरिरहेको बताएको छ । आक्रमणको विश्वव्यापीरूपमा निन्दा भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति