पश्चिमी वायुको प्रभावः आज देशभर वर्षाको सम्भावना

काठमाडौँ, १८ कात्तिक । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने भएको छ । पहाडी क्षेत्रमा उक्त प्रणालीको प्रभाव बुधबार बेलुकासम्म कायम रहने बताइएको छ ।

मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौँ उपत्यकामा बुधबारसम्म केही समय घाम लाग्ने र फेरि बदली हुने क्रम चलिरहने छ । हाल प्रदेश नं १, प्रदेश नं २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । राति पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहने ऊर्जा जल तथा सिंचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २७ दशमलव ७ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३५ दशमलव ४ डिग्री सेल्सियस छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति