आफ्नै खेतबारीमा रमाउँदै युवा

स्याङ्जा १८ कात्तिक । यहाँका केही युवाले वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशि भूमीमा जति पसिना बगाए पनि सीमित समयको लागि मात्रै भएको भन्दै उनीहरु पछिल्लो समय कृषिमा पेशा तर्फ आर्कषित हुन थालेका हुन् ।

गल्याङ नगरपालिका ९ साङलिया रिपका ३० वर्षीय दीपक राना विदेशको रोजगारीलाई छाडेर अहिले आफ्नै खेतबारीमा रमाउन थालेका छन् । पाँच वर्ष विदेशमा विताउनुभएका उहाँले विदेशमा श्रम बढि गर्नुपर्ने तर श्रम अनुसारको पारिश्रमिक नपाएपछि स्वदेश फर्किएर गत वर्षदेखि आफ्नै पाखो बारीमा अदुवा खेतीको शुरुआत गरेको बताए । उनले भने, “विदेशमा गएर गर्ने मिहिनेत हामीले हाम्रै पाखापखेरामा गर्यौ भने त्यहाँ भन्दै धेरै कमाउन सकिन्छ । हामीले स्वदेशमा पसिना बगाउने बानी पार्नुछ, विदेश भन्ने कुरा क्षणिक समयको लागि मात्रै रहेछ ।”

गत वर्ष ६ रोपनीमा जमीनमा अदुवाखेती गर्नुभएका उहाँले यसवर्ष ३० रोपनीमा अदुवा लगाएका छन् । कृषक रानाले अघिल्लो वर्ष ६ रोपनी जमीनमा लगाएको खेतीबाट दुई लाख आम्दानी लिएका थिए । उनले भने, “यो वर्ष बजार भाउ राम्रो पाएमा रु २० लाख बराबरको कारोबार गर्ने लक्ष्य राखेकोछु ।” तीस रोपनी बाझो जमीनमा खनजोत गरेर लगाएको अदुवाले यस वर्ष राम्रो आम्दामी दिनेमा उनी ढुक्क छन् । गत वर्ष ६ रोपनी जमीनमा मात्रै अदुवा खेती गर्नुभएका उहाँले पहिलो वर्षमानै राम्रो उत्पादन भएपछि १८ रोपनी जग्गा भाडामा र आफ्नो १२ रोपनी गरी ३० रोपनी बाँझो जमीनमा अदुवाखेति गरेका थिए ।

गाउँघरमा बाँझो रहेको जमीनको सदुपयोग हुनुका साथै भीरालो जमीनमा समेत अदुवा खेती लगाएर सजिलै आम्दानी लिन सकिने र अन्य खेतीलाई बाँदरले खाएपनि यसलाई बाँदरले पनि नखाने भएकोले अदुवाखेतीमा लागेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले समेत व्यावसायीक रुपमा कृषि गर्नेहरुलाई अनुदान उपलब्ध गराएपछि आफुलाई थप हौसला मिलेको उहाँले बताए । अदुवा सँगसँगै बाख्रा पालन समेत गरेका उनले ३०÷४० हजार कमाउनको लागि विदेशिन नपर्ने अनुभव सुनाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति