व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गर्न खोजियो, खबरदारी गरौंः ईश्वर पोखरेल

काठमाडौं, १७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गर्न खोजिएको बताएका छन् । उनले यसको विरोध गर्दै एकता जोगाउन पनि आह्वानसमेत गरेका छन् ।

ट्वीटर गर्दै उनले एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दुर्भाग्य निम्त्याउन लागेको आरोप लगाएका छन् । पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको उनको भनाई छ । उनले लेखेका छन्, ‘यस्‍तो दुर्भाग्य निम्त्याउनेहरुलाई सबैले बेलैमा चिनौं, खबरदारी गरौं’ ।

अहिले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद चर्किएको छ । नेकपाका कर्यकारी अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले आफूसँग अब पार्टी अलग-अलग बनाएर जाऔँ भन्ने प्रस्ताव गरेको उनले आफूनिकट नेताहरुलाई ब्रिफिङ गरेपछि नेपाको पार्टी एकतामा थप संकट आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board