कोलकोता चौथो स्थानमा उक्लियो, हारसँगै राजस्थान बाहिरियो

काठमाडौं १७ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ ।

यूएईमा गएराति भएको खेलमा कोलकता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । कोलकताका लागि इयान मोर्गनले कप्तानी पारी खेले । खराब सुरुवात गरेको कोलकताका लागि सुवमन गिल र राहुल त्रिपाठीले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । राजस्थानका लागि राहुल तेवटियाले तीन विकेट लिए । त्यस्तै कार्तिक त्यागीले २, जोफ्रा आर्चर र श्रीयस गोपालले एकरएक विकेट लिए ।

१ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो । यो जितपछि कोलकता रन रेटका आधारमा शीर्ष चारमा पुगेको छ । अन्तिम खेलमा हैदराबाद पराजित भए कोलकताले प्लेअफमा स्थान बनाउनेछ । यसअघि हिजो भएको खेलमा किङ्ग्स एलाभेन पञ्जाब चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board