धरौटी शुल्क नलिई उपचार गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, १६ कात्तिक । सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिई कोभिड-१९ का बिरामीको उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । आइतबारको कोरोना प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी सम्बन्धी सूचना निकाल्ने सबै अस्पताललाई स्पष्टिकरण सोधिएको जानकारी दिए ।

सक्नेसँग शुल्क लिने र नसक्नेलाई निःशुल्क उपचार गर्ने निर्णय यथावत रहेको डा. गौतमको भनाइ छ । कात्तिक २ गतेदेखि लागू हुने गरी कोरोना उपचार र परीक्षणका लागि आफैं शुल्क व्यहोर्नुपर्ने निर्णय सार्वजनिक सरकारले गरेको थियो । यो निर्णय पश्चात सरकारी अस्पतालहरुले धरौटी शुल्कसहितको सूचना प्रकाशित गरेका थिए ।

सरकारले विपन्न वर्ग, अपांगता भएका, ७० वर्ष माथिका जेष्ठ नागरिक र एकल महिलाको निःशुल्क उपचार गर्ने बताएको छ । त्यसका लागि आधार अनुसार प्रमाण पत्र अस्पतालमा पेस गर्नुपर्ने सरकारको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति