सेफिल्ड — बार्सिलोनामा प्रशिक्षकका रूपमा आफ्ना दिन सकिसकेको पेप ग्वार्डिओलाले बताएका छन् । म्यानचेस्टर सिटीका व्यवस्थापक ग्वार्डिओला फेरि बार्सिलोना फर्कने हल्ला चलेपछि ग्वार्डिओलाको यो स्पष्टीकरण मिडियामा छाएको छ ।
बार्सिलोनामा अध्यक्ष पदका उम्मेदवार भिक्टर फोन्टले आफू निर्वाचित भए ग्वार्डिओलालाई फर्काउन इच्छुक रहेको बताएका छन् ।
ग्वार्डिओलाले सन् २०१२ मा बार्सिलोना छाड्न अगाडि त्यहाँ १४ उपाधि जितेका थिए । ग्वार्डिओलले इंग्लिस प्रिमियर लिगमा सिटीले सेफिल्ड युनाइटेडलाई हराएयता मिडियासँगको कुराकानीमा भने, ‘बार्सिलोनामा व्यवस्थापकका रूपमा मेरा दिन सकिसके । अहिले बार्सिलोनामा रोनाल्ड कोम्यान छन् र म उनलाई सम्मान गर्छुं । उनी मेरा मिल्ने साथी पनि हुन् ।’
COMMENTS