ग्वार्डिओलाले भने- बार्सिलोनामा मेरा दिन सकिसके !

सेफिल्ड — बार्सिलोनामा प्रशिक्षकका रूपमा आफ्ना दिन सकिसकेको पेप ग्वार्डिओलाले बताएका छन्  । म्यानचेस्टर सिटीका व्यवस्थापक ग्वार्डिओला फेरि बार्सिलोना फर्कने हल्ला चलेपछि ग्वार्डिओलाको यो स्पष्टीकरण मिडियामा छाएको छ ।

बार्सिलोनामा अध्यक्ष पदका उम्मेदवार भिक्टर फोन्टले आफू निर्वाचित भए ग्वार्डिओलालाई फर्काउन इच्छुक रहेको बताएका छन् ।

ग्वार्डिओलाले सन् २०१२ मा बार्सिलोना छाड्न अगाडि त्यहाँ १४ उपाधि जितेका थिए । ग्वार्डिओलले इंग्लिस प्रिमियर लिगमा सिटीले सेफिल्ड युनाइटेडलाई हराएयता मिडियासँगको कुराकानीमा भने, ‘बार्सिलोनामा व्यवस्थापकका रूपमा मेरा दिन सकिसके । अहिले बार्सिलोनामा रोनाल्ड कोम्यान छन् र म उनलाई सम्मान गर्छुं । उनी मेरा मिल्ने साथी पनि हुन् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति