अमेरिकामा कोरोना महामारी तीव्र बन्दै, हरेक २ मिनेटमा १ जनाको मृत्यु

अमेरिका, १५ कात्तिक । अमेरिकामा कोरोना संक्रमितको संख्यामा तीव्र रुपमा बढेको छ ।

प्रतिसेकेण्ड एक जनामा संक्रमण पुष्टि हुन थालेको छ भने हरेक २ मिनेटमा १ जनाको मृत्यु
भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितको संख्या ९० लाख ३४ हजार २ सय ९५ पुगेको छ । हालसम्म २ लाख २९ हजार ५ सय ४४ जनाको मृत्यु भइसकेको छ ।

महामारी सुरु भएयता २ सातामै १० लाख संक्रमित थपिएका हुन् । अमेरिकामा शुक्रबारमात्रै ८९ हजार ३ सय ६१ संक्रमित थपिएका छन् । यसअघि बिहीबार ८८ हजार ५ सय २१ जनामा संक्रमण पुष्टि भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति