बेनीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

म्याग्दी, १४ कात्तिक । बेनीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बेनी–गलेश्वर सडकखण्डमा पर्ने बेनी नगरपालिका–८ जलेश्वरमा रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जिप शुक्रबार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको प्रहरीको भनाई छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा रघुगंगा गाउँपालिका–६ ठाडाखानीका वसन्त छन्त्याल(३०), सोही ठाउँका जिप चालक नन्द छन्त्याल, कौसभा पाइजा(५०), ठगकुमारी शेर्रपुजा (४०), सिर्जना शेर्रपुजा (२४), दीवा शेर्रपुजा (२३), इच्छा शेर्रपुजा (७), दिक्षा शेर्रपुजा (८) र बेनी नगरपालिका, ८ बस्ने दलप्रसाद गौचन (४२) रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरले जानकारी दिए । घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति