काठमाडौं, १३ कात्तिक । काठमाडौं उपत्यकामा २४ घण्टामा थप १६१५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०४ महिला र ९११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ पुगेको छ । त्यसमध्ये ४२ हजार ५०४ जना निको हुँदा सक्रिय संक्रमित १६ हजार ५२१ जना रहेका छन् । हालसम्म काठमाडौंमा २०९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी भक्तपुरमा ५ हजार ५१९ जना संक्तमित रहेकोमा ४ हजार ३८३ जना निको भएका छन् । यस्तै हाल १०७५ जना सक्रिय संक्रमित रहेको भक्तपुरमा ६१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
यस्तै ललितपुरमा हालसम्म ८ हजार ३५० जनामा संक्रमण पुष्टि भएकोमा संक्रमितमध्ये ५ हजार ८२२ जना निको भएका छन् । यस्तै हाल २ हजार ४७० जना सक्रिय संक्रमित रहेको ललितपुरमा ५८ जनाको मृत्यु भएको छ ।
यस्तै, देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको छ ।
स्वास्थय मन्त्रालयको अनुसार यो अवधिमा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।
हालसम्म देशभरी सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ । यस्तै हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ जना रहेका छन् । हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएका गरिएको स्वास्थय मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा ९ हजार ७६९ पीसीआर परीक्षण भएका छन् ।
थप १७ जनाको मृत्यु
कोरोना भाईरस संक्रमणका कारण नेपालमा थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरे अनुसार कोभिड१९ का कारण नेपालमा मृत्यु हुनेको कुल सङ्ख्या ९०४ पुगेको छ।
प्रतिक्रिया