काठमाडौँ, १३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको छ ।
स्वास्थय मन्त्रालयको अनुसार यो अवधिमा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।
हालसम्म देशभरी सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ । यस्तै हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ जना रहेका छन् । हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएका गरिएको स्वास्थय मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा ९ हजार ७६९ पीसीआर परीक्षण भएका छन् ।
थप १७ जनाको मृत्यु
कोरोना भाईरस संक्रमणका कारण नेपालमा थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरे अनुसार कोभिड१९ का कारण नेपालमा मृत्यु हुनेको कुल सङ्ख्या ९०४ पुगेको छ।
उपत्यकामा थप १६१५ जना संक्रमित
काठमाडौं उपत्यकामा २४ घण्टामा थप १६१५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०४ महिला र ९११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ पुगेको छ भने त्यसमध्ये ४२ हजार ५०४ जना निको हुँदा सक्रिय संक्रमित १६ हजार ५२१ जना रहेका छन् । हालसम्म काठमाडौंमा २०९ जनाको मृत्यु भएको छ । यसैगरी भक्तपुरमा ५ हजार ५१९ जना संक्तमित रहेकोमा ४ हजार ३८३ जना निको भएका छन् । यस्तै हाल १०७५ जना सक्रिय संक्रमित रहेको भक्तपुरमा ६१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
यस्तै ललितपुरमा हालसम्म ८ हजार ३५० जनामा संक्रमण पुष्टि भएकोमा संक्रमितमध्ये ५ हजार ८२२ जना निको भएका छन् । यस्तै हाल २ हजार ४७० जना सक्रिय संक्रमित रहेको ललितपुरमा ५८ जनाको मृत्यु भएको छ ।






प्रतिक्रिया