धनगढीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

धनगढी, १३ कात्तिक । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ । धनगढी, उपमहानगरपालिका–२ की ५७ वर्षीया महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

कडा खालको निमोनियाबाट ग्रसित महिलाको कात्तिक १० गतेदेखि अस्पतालको मेडिकल वार्डमा उपचार भइरहेको र उनमा १२ गते मात्रै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्पतालमा सिफ्ट गरी उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । उनले भने “उपचारका क्रममा ती महिलाको आज बिहान मृत्यु भएको हो ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति