बेंगलोरलाई हराउँदै मुम्बई आईपीएलको प्ले अफ नजिक

काठमाडौं, १३ कात्तिक । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको प्ले अफ नजिक पुगेको छ ।

आबुधाबीमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेको हो । शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । जितपछि मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ ।

आठौं जित निकालेको मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ । बैंगलोरले भने १२ खेलमा १४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति