थप १ हजार ९५४ जना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं, १२ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमका अनुसार ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थय मन्त्रालयको तथ्यांक अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा थप २ हजार ९८१ कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, देशभर कोरोना जित्नेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।

उपत्यकमाा थप ८४३ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

थप ११ जनाको मृत्यु
नेपालमा २४ घण्टाको अवधिमा कोरोना भाईरस संक्रमणका कारण थप ११ जनाको ज्यान गएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति