बेलायतमा कोरोनाका कारण मे पछि एकै दिनमा सबैभन्दा धेरैको मृत्यु

लण्डन, १२ कात्तिक । बेलायतमा कोरोनााभइरसका कारण मे पछि मंगलबार एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार एकै दिनमा ३६७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ४५ हजार ३६५ पुगेको छ ।

बेलायतमा थप २२ हजार ८८५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार बेलायतमा अहिलेसम्म कुल नौ लाख १७ हजार ५७५ जना सङ्क्रमित भएका छन् । बेलायतका पब्लीक हेल्थ मेडिकल डाइरेक्टर डा। यभोन्ने डोयलेले सङ्क्रमण र यसबाट हुने क्षति बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्, “निरन्तर उस्तै छ ।” उनले अहिलेसम्मको प्रबृत्ति हेर्दा मृत्यु हुनेको संख्या बढ्दै गएको र अझै बढ्न सक्ने अनुमान समेत गरेका छन् ।

“हामीले हरेक दिन धेरै मानिसको परीक्षण गरिरहेका छौँ, अस्पताल प्रशासनले उनीहरुको संख्या बढिरहेको बताउने गरेका छन्, यस बारेमा अझ गम्भीर हुन जरुरी छ, अझ धेरै सूचित हुन आवश्यक छ,” उनले भने, बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि सार्वजनिक गरेको विवरणमा मृतक र सङ्क्रमितहरुको हप्ताभरीको संख्यामा पनि बृद्धि भएको देखिएको छ । बीचमा केही समय घटेको देखिएपनि अहिले फेरि बढ्दै जानु थप चिन्ताको विषय भएको अधिकारीहरुले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति