सुशान्त मृत्यु प्रकरणमा नयाँ ट्विस्ट : ‘आत्महत्या होइन हत्या!’

भारत, १२ कात्तिक । बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा अर्को नयाँ कुरा बाहिरिएको छ । मृत्यु भएको ४ महिनाभन्दा बढी समयपछि भारतका एक सांसदले सुशान्तले आत्महत्या गरेको नभई उनको हत्या भएको दाबी गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा) बाट सांसद नारायण राणेले भनेका छन्, ‘सुशान्तले आत्महत्या गरेका होइनन्, उनको हत्या भएको हो। त्यस बखत सुशान्तका घरमा एक जना मन्त्रीसमेत थिए।’ भारतीय पत्रिका दैनिक भास्करका अनुसार सुशान्त मृत्यु प्रकरणमा महाराष्ट्र मन्त्रिमण्डलका एक जना मन्त्री जेल जान सक्ने दाबी उनले गरेका छन्। उनले अगाडि भनेका छन्, ‘मसँग प्रमाण छन् र जुन म सीबीआई (केन्द्रीय अनुसन्धान ब्युरो) लाई मात्र दिन्छु।’

एक न्युज च्यानललाई अन्तर्वार्ता दिँदै सांसद राणेले घटना भएको रात केही मान्छे सुशान्तको घर पुगेको दाबी गरेका छन्। अभिनेता सुशान्त गत जुन १४ तारिख आफ्नै निवासमा पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

सुरुमा प्रहरीले यसलाई आत्महत्या भने पनि सुशान्तका बुबाले शंका गर्दै उजुरी दिएपछि मुम्बई तथा बिहार प्रहरी, सीबीआई, एनसीबी (लागुऔषध घटना अनुसन्धान गर्ने निकाय) लगायत विभिन्न निकायले अनुसन्धान गरिरहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति