झापामा एक महिलाको कोरोनाबाट मृत्यु

झापा, १२ कात्तिक । मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको आज कोभिड –१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारकै क्रममा आज बिहान ९ बजे उनको मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै साता बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले जानकारी दिए । निमोनिया सङ्क्रमण पत्तो लागेपछि उनलाई सघन उपचार कक्षमा राखेर थप उपचारका गर्न हस्पिटल लगिएको थियो । बडादशैंको टीकाको दिन उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मृतकका नातिले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति