बार्सिलोनाका अध्यक्ष बार्टोमेउले किन दिए राजीनामा ?

काठमाडौं । स्पेनस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिँदै उनले बार्सिलोनाले युरोपियन सुपर लिगको प्रस्ताव स्वीकार गरेको खुलासा गरेका छन् ।

बार्टोमेउ सन् २०१४ देखि क्लबको अध्यक्ष थिए । सान्ड्रो रोसलले राजीनामा दिएपछि कार्यबाहक अध्यक्ष बनेका उनी २०१५ मा अध्यक्ष चुनिएका थिए । दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने प्रावधानका कारण उनले आगामी मार्चमा पद छाड्नुपर्ने थियो । तर पछिल्लो समय बार्सिलोनाका स्टार लिओनल मेस्सीले क्लब छाड्ने इच्छा देखाएपछि अध्यक्ष बार्टोमेउ संकटमा परे।

उनलाई अध्यक्षबाट हटाउन २० हजारभन्दा बढी क्लब सदस्यले हस्ताक्षर गरेका छन् । आगामी नोभम्बर १ र २ मा भोट अफ नो कन्फिडेन्सको मतदान गर्ने प्रस्ताव छ । तर बुधबार अध्यक्ष बार्टोमेउ र सिंगो बोर्ड अफ डाइरेक्टर्सले संयुक्तरुपमा राजीनामा दिएका छन् । जाँदाजाँदै उनले भविष्यमा क्लबलाई आर्थिक मदत होस् भनेर युरोपियन सुपर लिगमा सहभागी हुने प्रक्रिया सुरु गरेको बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board