झापा, १२ कात्तिक । वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाईरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । उनलाई मंगलबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए ।
उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर आएका थिए । हाल घरमै आइसोलेसनमा रहेका उनका छोरालाई पनि कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
वाग्मती प्रदेश प्रमुखलाई कोरोना संक्रमण

COMMENTS