चीनसँग सम्बन्ध चिसिएकै बेला भारतले अमेरिकासँग गर्‍यो महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

काठमाडौं, ११ कात्तिक । भारत र अमेरिकाको बीचमा मंगलबार एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । भारत र चीनको बीचमा केही महिनायता तनाव बढिरहेको बेला अमेरिकासँग भारतले यस्तो सम्झौता गरेको हो । यो समयमा भएको यो सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ ।

सो सम्झौता अनुसार रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुने बताईएको छ । भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने उक्त सम्झौतामा उल्लेख गरिएको बताईएको छ । सो सूचनामा पहुँच हुँदा मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुने बताइएको छ । दुई देशको बीचमा मंगलबार नै भएको टु प्लस टु बैठकपछि सो सम्झौता भएको छ ।

टु प्लस टु को अर्थ दुई देशका विदेशमन्त्रीसँग रक्षामन्त्रीको पनि बैठक हो । सोही वैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पम्पियो र रक्षामन्त्री सोमबार भारतको भ्रमणमा आएका थिए ।

संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने, ‘आज हामी युद्ध स्मारक गएका थियौँ, हामीले ती वीर जवानप्रति श्रद्धाञ्जलि अर्पण ग¥यौँ जसले भारतका लागि आफ्नो प्राण दिए । उनीहरुमा ती २० जवान पनि सामेल थिए जसलाई गलवानमा चीनले मारेका थियो । भारत आफ्नो अखण्डताका लागि तमाम खतरासँग लडिरहेको छ र हामी भारतको साथ छौँ ।’

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने– दुवै देशबीच सहयोग लगातार मजबुत भइरहेको छ । आज हामी युद्ध स्मारक गएका थियौँ । त्यहाँ भारतका लागि प्राण दिएका ती २० जवानलाई पनि श्रद्धाञ्जली दियौँ जसलाई चिनियाँ सैनिकले मारेका थिए । चीनको कम्युनिस्ट पार्टी लोकतन्त्र समर्थक होइन । चीन लोकतन्त्र, कानुन र पारदर्शिताको मित्र होइन र यो कुरा विश्वले देखिरहेको छ । हामीलाई खुशी लागिरहेको छ कि भारत र अमेरिका केवल चीनमात्र नभई हरेक खतराविरुद्ध आपसी सहयोग मजबुत तुल्याउन कदम बढाइरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board