नेपालमा (कोभिड-१९) बाट निको हुनेको संख्या १ लाख १८ हजार नाघ्यो

काठमाडौं, ११ कात्तिक । नेपालमा पछिल्लो तथ्यांक अनुसार कोरोना भाईरस (कोभिड-१९) बाट निको हुनेको संख्या १ लाख १८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अनुसार देशभर कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिए अनुसार हालसम्म नेपालमा १ लाख १८ हजार ८४३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २७२५ जनाको पीसीआर परीक्षण भएको छ भने त्यसमा ५७० जना पोजेटिभ भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् । यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको हो । हालसम्म पीसीआर विधिबाट १४ लाख ६९४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा २ हजार ७२५ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९३२ जना रहेका छन् ।

सक्रिय संक्रमितमध्ये आधा भन्दा बढी अर्थात २० हजार ५८६ जना सक्रिय संक्रमित काठमाडौं उपत्यकामा रहेका छन् । बितेको २४ घण्टामा ९७ महिला र १५५ पुरुष गरी थप २५२ संक्रमित थपिएको उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १६ हजार ९५८ जना सक्रिय संक्रमित रहेका छन् । कुल ५७ हजार संक्रमित भेटिइसकेको काठमाडौंमा ४० हजार ४२ जना निको भइसकेका छन् भने २०० जनाको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board