नेपालमा कोरोनाबाट थप १४ को मृत्यु, मृतकको संख्या ८ सय ७६ पुग्यो

काठमाडौँ, ११ कात्तिक । नेपालमा कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ । हालसम्म पीसीआर विधिबाट १४ लाख ६९४ परीक्षणहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२४ घण्टामा जम्मा २ हजार ७२५ पीसीआर परीक्षण भएका छन् ।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९ सय ३२ जना रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board