नेकपाको चियापन नहुने

काठमाडौँ, ११ कात्तिक । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका हुन् ।विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board