चन्द्रमाको सतहमा पानी भेटिएको नासाको दाबी

काठमाडौं – चन्द्रमामा प्रयाप्त पानी भेटिएको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दाबी गरेको छ । नासाले दाबी गरे अनुसार दक्षिण ध्रुवको एक खाल्डोमा अणुको रुपमा पानी फेला परेको छ । चन्द्रमामा पानीको खोज नासाको स्ट्रोटस्फियर अब्जरभेटरी फर इन्फ्रारेड एस्ट्रोनोमीले गरेको हो ।

यो पानी सूर्यको किरण पर्ने क्षेत्रमा रहेको क्लेभियस क्रेटरमा भेटिएको नासाले जनाएको छ । नासाको स्ट्रोटस्फियर अब्जरभेटरी फर इन्फ्रारेड एस्ट्रोनोमीले चन्द्रमाको सतहमा हालै भेटिएको पानीको मात्र सहारा मरुभूमीमा रहेको पानीभन्दा १ सय गुणा कम रहेको नासाले जनाएको छ ।

चन्द्रमाको सतहमा यसअघि गरिएको परीक्षणमा हाइड्रोजन ग्यास रहेको पत्ता लागेको थियो । तर त्यतिबेला हाइड्रोजन र पानी बन्नका लागि आवश्यक अवयव हाइड्रोक्सिलको गाँठो फुकाउन सकेका थिएनन् । तर अहिले पानी पाइएको पुष्टि नासाले गरेको छ । तर वायुमण्डल नै नभएको ठाउँमा पानी कसरी भेटियो भन्ने प्रश्न उब्जिएको नासाको भनाई छ ।

नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । ‘सोफिया’ उडिरहेको प्लेनमा जडित संसारकै सबैभन्दा ठूलो उड्ने अब्जर्भभेटरी टेलिस्कोप हो । सोफियाले चन्द्रमाको ‘क्लेभियस क्रेटर’ मा पानी फेला पारेको हो । क्लेभियस क्रेटर चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित छ । यसलाई पृथ्वीबाट पनि देख्न सकिने नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नासाको यो खोज सम्बन्धीको अनुसन्धान नेचर एस्ट्रोनोमी जर्नलमा पनि प्रकाशित छ ।

भेटिएको पानीको मात्रा थोरै भएपनि यो महत्त्वपूर्ण अनुसन्धान उपलब्धि भएको नासाका अधिकारीहरुले जनाएका छन् । यहाँ भेटिएको पानी पृथ्वीको साहारा मरुभूमिमा पाइने पानीभन्दा सय गुणा कम हो । हावा नभएको क्षेत्रमा कसरी पानी सम्भव भयो भन्नेमा वैज्ञानिकहरुले पनि चासो दिएका छन् । चन्द्रमामा खस्ने ३० देखि १ मिटरसम्मका अकाशीय पिण्ड माइक्रो मेटोरिएट्सका कारण पनि चन्द्रमा पानी भएको हुन सक्ने नासाले आशंका गरेको छ । पानीका कणहरु भएका यस्ता पिण्डहरु चन्द्रामा नै जम्मा हुँदा पानी देखिएको हुन सक्ने नासाले औंल्याएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board