पेशावर मस्जिदमा बम विस्फोट, ७ को मृत्यु

पाकिस्तान – पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको ज्यान गएको छ । मंगलबार स्थानीय समय अनुसार बिहान साढे ८ बजे धिर कोलनीस्थित मदरसामा विस्फोट हुँदा दर्जनौं घाइते भएका छन् ।

हालसम्म कुनै पनि समूहले उक्त घटनाको जिम्मेवार लिएका छैनन् । मारिने अधिकांश बालबालिकाहरु रहेको बताइएको छ । घाइतेहरुको संख्या ६० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । धेरै घाइतेहरुको अवस्था गम्भीर छ ।

पाकिस्तानका एआईजी साफक्वत मलिकले पाकिस्तानको एक्सप्रेस ट्रूयबिनलाई बताए अनुसार आत्मघाती बम हमलामा ५ केजीको विस्फोटक पदार्थको प्रयोग भएको बताएका छन् ।

पाख्तूनख्वाका प्रदेशका स्वास्थ्य एवं अर्थमन्त्री तमूर खान जाग्राले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने बताउँदै घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । उनले प्रारम्भीक अनुसन्धानले घटनामा विस्फोटक पदार्थहरुको प्रयोग भएको देखाएको पनि जनाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board