ट्रम्प र बाइडन चीनप्रति आक्रामक हुने छनक, चिनियाँ कम्युनिस्ट पार्टीको महत्वपूर्ण बैठक शुरु

काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण बैठक शुरु भएको छ । आगामी पाँच वर्षको आर्थिक र सामाजिक विकासमा कस्तो नीति लिने र अन्तर्राष्ट्रिय चुनौतीहरुलाई कसरी सामना गर्ने भन्ने सम्बन्धमा योजना बनाउन उक्त बैठक भईरहेको बताईएको छ ।

चार दिनसम्म चल्ने सो बैठक उक्त पार्टीको केन्द्रीय समितिको पाँचौं प्लेनरी सेसन सोमबारदेखि बेइजिङमा शुरु भएको हो । भारत र अमेरिकासँग बढ्दो द्वन्द्व र कोभिड–१९ का कारण विश्व नै आक्रान्त भइरहेको समयमा बस्न लागेको सो बैठकलाई निकै महत्वपुर्णका साथ हेरिएको छ ।

चिनिया सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार सो बैठकले आगामी सन् २०३५ सम्मको भिजनसमेत तयार पार्नेछ । उदाउँदो शक्ति चीनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरुसमेत सो बैठकले तय गर्नेछ । पार्टीको मामिलामा केन्द्रीय समितिलाई अझ धेरै अधिकार दिने र त्यसमार्फत चिनियाँ राष्ट्रपति सी चिनफिङ बैठकपछि अझै शक्तिशाली हुने अनुमान गरिएको छ ।

यता अमेरिकामा हुन लागेको राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सो बैठक हुन गइरहेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवारहरु डोनाल्ड ट्रम्प र जो बाइडन दुवैले चीनप्रति आक्रामक हुने छनक दिइसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board