आमा र गुरुबाट लगाइन् राष्ट्रपतिले दसैंको टीका

काठमाडौं १० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण लगाएकी छिन् । राष्ट्रपति भण्डारीले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन् ।

तस्विर फाईल

राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईका अनुसार राष्ट्रपति कार्यालय, शीतल निवासमा आमा मिथिला पाण्डेका हातबाट पनि विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी थिइन् ।

कोरोना संक्रमणको जोखिमका कारण यो पटक अघिल्ला वर्षहरुमा जस्तो सरकार प्रमुख र सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम भने स्थगित गरिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board