दशैंको पूर्वसन्ध्यामा उपप्रम पोखरेलले किन लेखे छ बुंदे स्टाटस ? रअ प्रमुखसंगको भेटमा परराष्ट्रका कर्मचारी सहभागी रहेको दावी

काठमाडौं १० कात्तिक । नेकपा सचिचवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री ‘रअ” प्रमुखसंगको भेटमा परराष्ट्र मन्त्रालयका अधिकारी रहेको दावी गरेका छन् । यस अघि यस विषयमा सरकारका तर्फबाट यस्तो दावी कसैले पनि गरेको थिएन । 
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हिजो विहान कान्तिपुर एफएमसंगको अन्तर्वार्तामा रअ प्रमुख सामन्त गोयल भारतीय प्रम नरेन्द्र मोदीको दूतको रुपमा आएको बताएका थिए । 
उपप्रम इश्वर पोखरेलले यस अघि पनि रअ प्रमुख र प्रम ओली बीचको भेट कुनै अनौठो नभएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । त्यस अघि नेकपा प्रवक्ता, पूर्व उपप्रम तथा पररष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले फेसबुक मार्फत नै रअ प्रमुख र प्रमबीचको भेटप्रति गम्भीर आपत्ति प्रकट गरेका थिए । 
आज उपप्रम पोखरेलले लेखेको स्टाटस यस्तो छ ।
“प्रधानमन्त्रीसँग ‘रअ’ का प्रमुखको भेट – प्रायोजित कुप्रचार र वास्तविकता”
———————————————
१. भारतीय गुप्तचर संस्था (‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आए र फर्किए । 
२. नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा उनी नेपाल आएका हुन् । काठमाण्डौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको थियो । 
३. प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्त गोयलको टोलीसित केके विषयमा कुरा गर्नुभएको थियो , बातचितमा प्रम ओलीसित रहनुभएका प्रतिनिधिहरूले जिम्मेवारीपूर्वक सुनेका छन् ( टिपोट गरेका छन् । परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित छ । 
४. वातचितमा प्रम ओलीले विगत केही समयदेखि असहज बन्नपुगेको नेपाल( भारत सम्वन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको थियो । त्यहाँ नेपालले राख्दै आएका अडानहरू पुनस् जानकारी गराइएको थियो र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो । र, वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो । त्यहाँ गोयल ( हरू ) का तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रूपमा लिदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो । नेपाल ( भारतका बीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगिएको थियो । 
५. विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल(भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ रु तिनीहरूले किन विरोध गरिरहेका छन् रु यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिदैछन् ( ती मानिसहरू  कारणहरू राम्ररी बुझिएको छैन । अहिले धेरै कुरा किन गर्ने ! उहाँहरूले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनु भएकोछ भन्ने कुरा ठोकेर भन्न सकिन्छ । प्रोटोकललाई ख़्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासूसी संस्थाको योजनामा संचालित हुन खोजेको, वार्ताका विषयहरूलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पु(याइएको आदि भनेर आरोप लगाउने कोशिस भइरहेको छ । अर्थात्, यी सबै कुरा गरेर कम्युनिस्ट पार्टीको सरकार विरूद्धमा एउटा गलत खालको बहस सिर्जना गर्न खोजिदैछ । दुर्भाग्य १ कम्युनिस्ट पार्टीकै कतिपय नेताहरू समेत यस अभियानमा संलग्न हुन खोजेका देखिदैछन् । 
६. यतिबेला एउटा कुरा सबैले ख़्याल गरौं ( केपी शर्माओली र उहाँले नेतृत्व गरेको यस सरकारका विरूद्ध ती मानिसहरू अहिले विशेष निर्लज्जतापूर्वक लागेका छन् , जो विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशका विरूद्ध गतिविधिहरू गरिरहेका थिए ! विगतमा भारतको ‘ रअ’ का हाकिमहरूसित भेट गर्न तँछाड मछाड गर्दै यिनै मान्छेहरू छिमेकी मुलुक पुग्दथे , त्यहाँ खुसामदका बिन्ती ( बोली बिसाउँथे । विडम्बना ! अहिले उनीहरू समेत राष्ट्रियताको बोलीमा लोली मिसाउँदै ओलीले नेतृत्व गरेको सरकारका विरूद्ध बृहद गोलबन्दीको नायक बन्ने प्रयत्न गरिरहेका छन् ११ 
याद रहोस् ! राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, स्वाभिमानमा आँच पुग्ने कुनै पनि कुरासित सम्झौता हुन सक्तैन १ यिनै कुरालाई शीरमा राखी राष्ट्रको दीर्घकालीन हितमा लाग्ने कुरामा कहीं कतैबाट पनि आँच पुग्न दिइने छैन । विदेशीको काखको न्यानोमा सुत्न पल्केकाहरूको कथित राष्ट्रवादलाई चिनौं, सजग होऔं र सरकारले चालेका सही कदमहरूलाई साथ र समर्थन गरौं । 


यसस अघि २३ जना पूर्व कूटनीतिज्ञ तगा नागरिक समाजका अगुवाहरुले वक्तव्य नै जारी गरेर रअ प्रमुख गोयल र प्रम ओलीबीचको भेट गम्भीर आपत्तिजनक भएको भन्दै आलोचना गरेका थिए । त्यससोत राष्ट्रवादी छवि बनाएका प्रम ओलीले रअप्रमुखलाई सरकारी निवास बालुवाटारमा रातको समयमा गोप्य रुपमा भेटेकोप्रति सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा पनि आलोचना भइरहेको छ । 
शुरुमा गोप्य राखिएको भेट सार्वजनिक भएपछि ६ गते प्रम ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रेस नोट जारी गर्दै भेटको पुष्टि गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board