यस पटकको दशैंलाई पनि रमाएर नै बिदा गरौं

विश्व महामारीले दुनिया हलचल बनाएको समयमा हरेक मानिसहरुका समस्या यतिखेर साझा जस्तै छन् । सबैका पीडा र दुःखहरु यौटै जस्तो देखिएको समय नेपालीहरुको महान चाड दशैंका दिनहरु प्नि चलिरहेका छन् । यो समयमा कतिपय परिवारहरु संक्रमणको सामान्य जोखिममा हुनुहुन्छ भने कतिपय गम्भिर पनि हुुनुुहुुन्छ । परिवारका सबै सदस्यहरुलाई संक्रमण भएर आइसोलेसनमा र कतिपय परिवारका आधाउधी सदस्यहरु संक्रमणमा हुनुुहुन्छ । समय चलिरहन्छ । वर्षमा आउने यस्ता चाडबाडहरु एकवर्ष घुमेपछि फेरि सुरु हुन्छन् तर यो संक्रमणको समय संधै रहंदैन । त्यसैले यो कठिन परिबेसमा नआत्तिकन आआफ्नै ठाउमा बसेर जे जसरी हुन्छ समय ब्यतित गरौं । जे जस्तो तरिकाले सम्भव हुन्छ अरुलाई असर नगर्ने गरी आफ्नै मनभिमत्र उत्सव सिर्जना गरौं । जसले यो समस्यालाई पनि उत्सव सम्झिएर रमाउन सक्छौं हामी पक्कै पनि कोभिड मात्र हैन अनेक अप्ठ्याराहरुलाई समाधान गर्न सक्नेछौं ।


समय जटिल छ । एक्लै बस्नुपर्दाको अवस्था भनेजस्तो सजिलो पक्कै छैन । तर यसलाई यौटा साधना सम्झेर सामना गरौं । अनुकूूल भएसम्मका खुशीहरु समेट्दै यो अप्ठ्यारोको सामाना गरौं । जो जहां जसरी छौं त्यसरी नै एक्लो र शुन्य फिल नगरौं । किनभने हरेक अध्यारोंपछि उज्यालो अवष्य आउनेछ । सम्झँैं हिजो हामी कहां गयौं, कसरी रमाइलो गयौैं । कस्ता कस्ता अवस्थाहरुको फेस गर्यौं, त्यसलाई आधार बनाएर आफुभित्र नयां उमगं भरौं । आफ्नो समस्यालाई मात्र जटिल नदेखौं किनभने हामी भन्दा झन ठूलो समस्यामा छन मानिसहरु । यस्ता कुराहरुलाई ध्यानमा राखौं । सांच्चै मान्छेले आफ्ना मात्र दुखका आयतनहरु नाप्दै गयो भने ती फराकिला बन्दै जान्छन् र झनै पीडा हुन्छ । आफ्ना समस्याहरु भन्दा अरुका समस्याहरुलाई झनै जटिल देख्न थालियो भने त्यतिखेर आफ्ना समस्याहरु साना र कमजोर बन्छन् र हामीलाई पनि सजिलो हुन्छ ।


सांच्चेै हो यस पटकको दशैंमा पहिला जस्तो रमझम पक्कै छैन । मानिसहर यौटा यौटा समस्याले थिचिएको नै छ । संक्रमितको मात्र समस्या ठुलो हैन यो महामारीले हातमुख जोर्न अप्ठ्यारो भएकाहरु धेरै छन । एक छाक राम्रोसंग खान नपाउने अवस्थामा समेत संक्रमणमा परेर दुख पाइरहेकाहरु पनि धेरै छन् । यो रोगले को सानो को ठुलो भनेको छैन र भन्ने पनि छैन । यो भाइरस सबैलाई लाग्न सक्छ । लाग्न सक्छ अथवा लाग्यो भनेर आत्तिएर मानिसलाई मानिसको ब्यवहार नगर्ने, होच्याउने संक्रमण भए पनि भएको छैन भनेर हिंड्ने बेइमानी नगरौं ।
अहिलेको यो जटिल परिवेशमा संक्रमण जहां जसरी भएपनि एक अर्कालाई आरोप लगाउने यसबाट सर्यो उसबाट सर्यो भन्दा पनि सचेत भएर यसलाई सामना गर्ने हिम्मत राख्नु नै राम्रो हुुन्छ ।
एकदम संवेदनशिल समय भएकाले दशैं र टीका भन्दा पनि महत्वपुर्ण हाम्रो स्वास्थ्य हो त्यसैले भएकालाई भैहाल्यो । नभएकाहरुलाई कसरी जोगाउन सकिन्छ भनेर सोचौं । परिवार अफिस, पसल, छिमेक सबैमा यो नफैलियोस भनेर सचेत बनौं । एकअर्कालाई माया गरौं आदर गरौं । न कि कोबाट सर्यो, कसरी सर्यो भनेर हिसाब किताब गर्ने भन्दा पनि बिरामीलाई माया सम्मान र उर्जा दिउं । नलागेकोलाई कसरी जोगाउन सकिन्छ भनेर सोचौं । कम्तिमा पनि मानवीय संवेदना र भावना प्रकट गरौं । के थाहा भोली कसलाई के हुनसक्छ ? त्यसैले यसपटकको दर्शैंलाई जो जहां छौं त्यहीं रमाएर बिदा गरौं । किनकी यस्ता उत्सवहरु जीवनमा पटक पटक आउंछन् तर जीवन एकपटक निभ्यो भने त्यो कहिल्यै बल्न सक्ने छैन । सबैमा दशैंको शुुभकामना । सचेत रहौं, कोरोनालाई हराऔं ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board