नेकपा नेता जनार्दन शर्मा दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं, ९ कात्तिक । नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र पत्नी लक्ष्मी शर्मालाई पनि कोरोना संक्रमण भएको छ । शर्मा दम्पतीलाई शनिबार गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार बिहान फेसबुकमा स्टाटस राख्दै शर्माले आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । उनमा हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गरिएको थियो ।

शर्माले केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोधसमेत गरेका छन् । पूर्व गृहमन्त्रीसमेत रहेका शर्मा होम आइसोलेसनमा छन् । शर्माका भाइ एवम् नेकपाका युवा नेता अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board