मन्त्रिपरिषद्का पुर्व अध्यक्ष रेग्मीको दशैँको शुभकामना, सरकारले नागरिकको उपचारमा ध्यान देओस्

काठमाडौं, ९ कात्तिक । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले विजयादशमी २०७७ को शुभ–अवसरमा दिएका छन् । उनले हरेक वर्ष मनाइँदै आएको विजया दशमीको शुभ अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘आज कोरोना महामारीले संस्कार र संस्कृतिलाई प्रभाव पारेको छ । आवागमन सिमित गर्नुपर्दा मानिस आज कुँजिए जस्तै भएको छ । आर्थिक र मनोसामाजिक समस्या दिनानुदिन बढ्दो छ । विपन्न एवंम बेरोजगारहरूको दैनिकी कष्टकर हुँदो छ । के सम्पन्न, के विपन्न सबै आ-आफ्नै किसिमले प्रभावित छन् । यसको प्रभावबाट कोही अछुतो छैन । परन्तु समस्यासँग जुध्दै अघि बढ्न चुनौतीको सामना गर्नैपर्ने हुन्छ ।’

उनले यो यो बेला मुख्य विषय भनेकै कोरोना संक्रमितको उपचार व्यवस्थापन रहेको बताएका छन् । सरकारले नागरिकको उपचारको जिम्मा लिनुपर्ने उनको भनाई छ । ‘यो मानवीय र संवैधानिक दायित्व पनि हो । अहिलेको सर्वोपरि प्राथमिकताको विषय नै यही हो भन्ने लाग्छ ।’ उनले भने ।

”जस्तोसुकै अवस्था रहे पनि हामी आफ्नो परम्परा र संस्कृति छाड्न सक्दैनौ । यही नै हाम्रो सभ्यता र पहिचान पनि हो । तर कोरोनाले आक्रान्त पारेको अहिलेको विषम परिस्थितिमा हामी सबै संयमित र संवेदनशील हुनै पर्यो । त्यसैले आफ्नै घर परिवारमै बसी दसैं मनाऔं, आफू पनि सुरक्षित होऔं, अरूलाई पनि सुरक्षित हुन दिऔं । नवदुर्गा भवानीले कोरोना महामारीसँग लड्न आत्मबल र सक्षमता प्रदान गरौँ ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board