नेकपाकै प्रवक्ताले भने- प्रधानमन्त्री र गुप्तचर अधिकारीबीचको भेट आचारसंहिताविपरीत

काठमाडौं, ९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको खुफिया एजेन्सी रिर्सच एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई भेटेकोमा सत्तारूढ नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन् ।

प्रवक्ता श्रेष्ठले ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताएका छन् । श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले गोयल आउनुभन्दा अघि र आइसकेपछि पनि पार्टीलाई यसबारे कुनै जानकारी नदिएको बताएका छन्।

गोरखा र चितवनको भ्रमणबाट काठमाडौं फर्किएपछि आफूले प्रधानमन्त्री ओली र गोयलबीचको भेटबारे जानकारी पाएको उनको भनाइ छ। यो भेटबाट राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने श्रेष्ठले बताएका छन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन रु यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’

विदेशी गुप्तचरका प्रमुखसँग बिना कुनै पूर्वकार्यसूची नेपालका प्रधानमन्त्रीले भेटेको यो पहिलो घटना भएको श्रेष्ठले बताएका छन्। विदेशी सरकार प्रमुखले औपचारिक रूपमा आफ्नो विशेष दूतका रूपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो। तर त्यस्तो पनि नदेखिएको श्रेष्ठले उल्लेख गरेका छन्। 

‘त्यसैले गम्भीर प्रश्न उठ्छ,विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कूटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन?,’ उनले भनेका छन्, ‘यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कूटनीतिक ओज गिर्नेमात्र होइन, अन्तत: राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ।’

भारतविरोधी राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्री ओलीले अहिले उसैको खुपिया एजेन्सीका प्रमुखलाई बालुवाटारमा स्वागत गरेको भन्दै अहिले उनको चर्को आलोचना भइरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति