इंग्लिस प्रिमियर लिगः लिभरपुलद्धारा सेफिल्ड युनाईटेड पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलले पछि परेपनि उत्कृष्ट पुनरागमन गर्दै लिभरपुलले जित निकालेको हो ।

एनफिल्डमा खेलको १३ औं मिनेटमा सानडर बेर्गेले पेनाल्टीमा गोल गर्दै सेफिल्डलाई १÷० को अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १÷१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६४ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई २÷१ को जित दिलाए । जितसँगै लिभरपुलले ६ खेलमा १३ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानमा रहेको छ । सेफिल्ड ६ खेलमा १ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति