अफगानिस्तानको राजधानीमा आत्मघाती बम विस्फोट, १८ जनाको मृत्यु

अफगानिस्तान, ९ कात्तिक । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक शिक्षा केन्द्रबाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको ज्यान गएको छ । यो आक्रमण एक निजी संस्थाको बाहिर भएको हो, जसले उच्च शिक्षाको कैयौं कोर्स गराउदै आएको थियो ।

सिया मुसलमान धेरै भएका क्षेत्र दश्त–ए–बार्चीको यस भवनमा सैयौंको सङख्यामा मानिसहरु जम्मा हने गर्छन । आक्रमणमा घाइते भएका कैयौंलाई अस्पताल लगिदैछ भने ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । इस्लामिक स्टेट समूहले सामाजिक सञ्जालमा एक पोस्टमा आक्रमणको जिम्मा लिएको सन्देश दिए पनि कुनै प्रमाण पेस गरेको छैन । यसअघि तालिबानले आफू घटनामा सामेल नभएको बताएको थियो ।

एक स्थानीय नागरिक अली रेजाले समाचार एजेन्सी एएफपीलाई ज्यान गुमाउनेमा धेरै विद्यार्थी भएको जानकारी दिए । आक्रमणको समयमा अधिकांश विद्यार्थी भवनभित्र पस्नका लागि ढोकाबाहिर उभिएका थिए । पछिल्ला केही हप्तायता अफगानिस्तानमा हिंसा बढिरहेको छ । धेरैजसो आक्रमण तालिबानले गर्दै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति