स्वास्थ्यमन्त्रीको अपिल: यो बर्षको दशैँ स्वास्थ्य मापदण्ड पालना गरेर मनाऔँ

काठमाडौं, ९ कात्तिक । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यो बर्षको दशैँ स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेर दसैं मनाउन आग्रह गरेका छन् । कोरोना महामारीका कारण जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने भएकाले दसैं सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको उनले बताए ।

उनले परिस्थितिको यो बाध्यता अनुरुप नै चाडपर्व मनाउन अपिलसमेत गरेका छन् । ‘यस पटक कोरोना महामारीका कारण यस विषयमा अझै बढी ध्यान दिनुपर्ने देखिएको छ,’ दसैंको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री ढकालले भनेका छन्, ‘हामीले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसारको व्यवहार गर्यौं भने कोरोबाट बच्न सघाउ पुग्दछ । यसकारण म सम्पूर्णमा यसमा अलि बढी नै ध्यान दिन अनुरोध गर्दछु ।’

सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध र सरकार सधैं आम नागरिकको साथमै रहेको उनले उल्लेख गरे । मन्त्री ढकालले यो महामारी विरूद्धको लडाइँमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो एकता स्थापित गर्न जरूरी रहेको जोड दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति