विश्वभर एकैदिन ४ लाख ८९ हजारमा संक्रमण, संक्रमितको संख्या ४ करोड २४ लाख ६९ हजार नाघ्यो


काठमाडौं, ८ कात्तिक । विश्वभर एकैदिन ४ लाख ८९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८९ हजार ७५७ जनामा संक्रमण भएसँगै संक्रमित संख्या ४ करोड २४ लाख ६९ हजार ७८३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ५८४ जना निको भएर घर फर्किएका छन् ।

योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १४ लाख २२ हजार ३५३ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार ५२६ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ४९ हजार ११८ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८७ लाख ४६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७८ लाख १३ हजार नाघेको छ ।

यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ५५ पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४७ हजार ४८८ जनाको मृत्यु भएको छ ।

७९ लाख ८८ हजार ५१२ जना संक्रमित भएकोमा ३३ लाख ८६ हजार ७५९ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board