देशवासीको नाममा प्रधानमन्त्री ओलीको सम्बोधन, ‘नागरिकलाई राज्यको साथ’

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले देसवासीका नाममा आज सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले महामारी र महाविपत्तिमा नागरिकलाई राज्यको साथ रहने बताए ।

उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन तथा स्वास्थ्य उपचार गर्न सरकार आफ्नो कर्तव्यबाट विमुख हुन नसक्ने बताए । हरेक नागरिकको परीक्षण र उपचारमा यथोचित व्यवस्था मिलाएको प्रधानमन्त्री ओलीको भनाई छ । यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व मनाउन सबैलाई आग्रह समेत प्रधानमन्त्री ओलीले गरेका छन् ।

‘नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारका सम्वन्धमा सरकार विमुख हुन सक्दैन,’ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, संक्रमणको ख्याल गर्नुपर्ने भएको छ । त्यसप्रति विशेष सजग भएर मनाउन आग्रह गर्दछु ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board