काठमाडौं, ७ कात्तिक । नेपालमा कोरोना भाईरस (कोभिड-१९) को संक्रमितको संख्या डेढ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् ।
थप १७ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारथा थप १७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।
उपत्यकामा २ हजार ७२० जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये २ हजार ८०९ जना पुरुष तथा १ हजार ६९० जना महिला रहेका छन् । सबैभन्दा बागमती प्रदेशमा ३२२५ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँ उपत्यकामा मात्र २७२० जना संक्रमित थपिएका छन् । यसमा १ हजार ९२ जना महिला तथा १ हजार ६२८ जना पुरुष रहेका छन् । त्यस्तै, १ लाख ५ हजार ४८८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना निको रहेका छन् । नेपालमा निको हुने दर ६८.९ प्रतिशत रहेको छ ।
COMMENTS