प्रदेश नं १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना संक्रमण

मोरङ, ७ कात्तिक । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट टे«सिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्नु भएकामा आज कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले जानकारी दिए ।

मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराएका थिए । उनी अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बसेका छन् । मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ । उनले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सजग रहन आग्रह गरेका छन् । यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनी अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा बसेका छन् । उनको उनको स्वास्थ्यावस्था पनि सामान्य छ ।

दुईको मृत्यु
कोरोना सङ्क्रमणबाट विराटनगरमा आज दुई जनाको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा मोरङ र सुनसरीका एकएक पुरुष र महिलाको उपचारका क्रममा बिहान मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए ।

अस्पतालमा बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी फोक्सो र मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको अस्पतालले जनाएको छ । उनमा यही कात्तिक ५ गते पोजेटिभ देखिएपछि उनलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।

यसैगरी धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो । उनी गत असोज २९ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको थियो । श्वासप्रश्वास र मधुमेह रोगबाट पीडित महिलाको उपचारका क्रममा मृत्यु भएको दाहालले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board