आजदेखि क्लिनफिड लागू गर्ने सरकारको निर्णय

काठमाडौं, ७ कात्तिक । सरकारले कात्तिक ७ गते (आज) देखि विज्ञापन रहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ७ गते देखि क्लिनफिड सहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गरेका हुन् ।

नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि २०७७ कात्तिक ७ गते सम्म रहेकोले उक्त दिन देखि क्लिनफिडलाई पूर्णरुपमा लागू गर्न आग्रह गरेका हुन् । २०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो । त्यसको ठिक एकवर्ष देखि क्लिनफिड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गते भित्र विदेशी च्यानलमा विज्ञापन रहित क्लिनफिड प्रसारण गर्नुपर्नेछ । क्लिनफिड कार्यान्वयनमा आए नआएको सम्बन्धमा विज्ञापन बोर्डले अनुगमन गर्ने पनि मन्त्री गुरुङ्ले स्पस्ट पारेका छन् ।

मन्त्रालयका सहसचिव डिल्रिाम शर्माको अध्यक्षतामा विज्ञापन बोर्ड गठन भइसकेको छ । नवगठित विज्ञापन बोर्डले क्लिन फिड लागू भए नभएको सम्बन्धमा अनुगमन गर्न आवश्यक तयारी पुरा गरिसकेको छ । कात्तिक ८ गते देखि नेपालमा क्लिन फिड लागू नगर्ने कुनैपनि सेवाप्रदायकलाई कानुन अनुसार कारबाही गरिने पनि मन्त्री गुरुङले बताए । यसैबिच, सरकारले विश्व बैंकसमूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायतको रुपमा २ सय मिलिनयन अमेरिकी डलर अर्थात झण्डै २४ अर्ब रुपैयाँ सहुलियत पूर्ण ऋण स्वीकार गरेको छ । विभिन्न विकास कार्यक्रममा खर्च गर्नेगरी उक्त सहयोग स्वीकार गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले बताएका छन् ।

कृषि मन्त्रालयको प्रस्तावमा न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने निर्देशिका २०७७ स्वीकृत गरेको छ । यस्तै नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा सिन्धुलीका आशीष गजुरेललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ । विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश लोहित चन्द्र शाहलाई तोकेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेललाई तोक्ने निर्णय समेत गरेको छ

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board