राष्ट्रपति निर्वाचन : ट्रम्प र बाइडनबीच अन्तिम चुनावी बहस सकियो

अमेरिका, ७ कात्तिक । अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिदै गर्दा अन्तिम चुनावी बहस सकिएको छ ।

चुनावअघिको अन्तिम बहसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडन सहभागी भएका छन् । टेनेसी राज्यको नास्भिलमा भएको बहसमा कोभिड–१९ विरूद्धको लडाइ“, अमेरिकी परिवार, जातीय विषय, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्व विषयमा बहस भएको छ । बहसमा बोल्दै बाइडेनले अमेरिकामा कोरोनाका कारण २ लाख २० हजारभन्दा बढीको मृत्यु भएकाले ट्रम्पलाई चुनावका लागि अयोग्य घोषित गर्नुपर्ने बताए ।

ट्रम्पले भने कोरोना भाइरसविरुद्धको खोप आउने तयारीमा रहेको बताए । उनले जलवायु परिवर्तनको लडाइँमा भारत, चीन र रुसको रेकर्ड खराब रहेको पनि बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board