प्रधानमन्त्री ओलीलाई ‘रअ’का प्रमुखले भेटेको पुष्टि

काठमाडौं, ६ कात्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको पुष्टि भएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले नै बिहीबार बक्तव्य जारी गरेर रअ प्रमुखसँग भेट भएको स्वीकार गरेका छन् ।

थापाल बक्तब्यमा भनेका छन्, ‘उहाँ (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार भेटका क्रममा गोलयले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको बताएका छन् ।

उनले नेताहरुलाई भेटेको चर्चा चलेपछि पूर्व प्रधानमन्त्रीद्धय एवं नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको बताएका छन् । बुधबार रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली कूटनीतिक उडानबाट नेपाल आएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board