बजारमा आजदेखि २० रुपैयाको नयाँ नोट

काठमाडौं, ६ कात्तिक । नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा ल्याउने भएको छ । साविकको आकार, रंग र बाह्रसिङ्गेको चित्र रहेको २० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याउन लागेको बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालिन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको दस्तखत तथा तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि.सं. २०७६ लेखिएको हुनेछ ।

यस्तै पृष्ठ भागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, मध्य भागमा बाह्रसिङ्गे चित्र रहेको, तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिच ट्वान्टी लेखिएको र सिरिज नम्बर अंग्रेजीमा ट्वान्टी ट्वान्टी एडी लेखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board