कोरोनाबाट निको भएपछि हरिबंशले भने: धेरै-धेरै माया दिनुहुने सबैमा धन्यवाद

काठमाडौं, ६ कात्तिक । वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोनाभाइरसबा स‌क्रमणमुक्त भएका छन् । दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार गराएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका छन् । दुबैले कोरोना जितेकोमा हरिबंशले खुसी समेत व्यक्त गरेका छन् ।

गत १९ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । श्रीमतीसँगको एक तस्बिर शेयर गर्दै आचार्यले फेसबुकमा लेखेका छन्, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै -धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति